Monday, 12 December 2016

घरबाट प्रदेस हिन्दा

- अबेला भैसक्यो सुतौँ अब , भोलि बिहानै भालेको डाका संगै नेटो काट्नु पर्छ । फेरि अलि पर सम्म हिडेर बस भेटाउनु पर्ने हुन्छ । छोडेर जाँदै छ भनेर दुखी नहउ है सानू , केही बर्षको
कुरा न हो फर्की हाल्छु नि । सुन्दर घर बनाउनु छ । तिम्रा पनि त मिठा मिठा सपना हरु होलान ती सपना हरु बिपनिमा परिनत गर्नु छ ।तिम्रो लागि सिन्दुर, पोते , धागो अनि चुरा लिएर तिमी संग नया संसार ( नयाँ घर बार बसाउनु छ )। राम्रो लगाउने मिठो खाने सुखले बस्ने रहर तिम्रा पूरा गरे भने सायद जिबनमा साच्चिकै स्वर्गीय आनन्द हुन्छ होला । कहिले पनि मलाइ दुखी नबनाउ है सानू ? प्रदेस गएर बिर्सन्छ नभन्नु म तिमिलाइ सधैं फोन गरिरहने छु । म आउदैन कि भनेर यो मन कसैलाइ नदिनु है , म तिमिबिना बाँच्न सक्दिन  । म तिम्रै प्रतीक्षाको दियो बाली बस्ने छु ! तिमी कहिल्यै पनि मेरो याद बाट टाढा-टाढा नजाउ है ? आउलान तिमिलाइ हेर्न भनी तिम्रो घरमा केटाहरु तर म बिहे गर्दिन भनेर उनिहरुलाई पठाउनु । रहर त छ नि तिमी संगै घरजम गरेर यतै बस्ने तर पनि पैसा बिना के नै चल्दो रहेछर सानू ! सबै सोचे जस्तो हुदो रहेन्छ , थोरै पैसा कमाएर सानो घर बनाउँला अलि कति जग्गा किनेर तिमी घरको काम र म बारिको काम गरुँला । यो सपना जस्तै मेरो सोचलाई साकार पार्न केवल तिम्रो साथ चाहिन्छ । यो कहिले नसोच्नु कि बिदेस मै केटि पाएर मलाइ बिर्सन्छ कि भनेर । मुटु लाई कहिले पनि आफुबाट अलग गर्न सकिन्न सानू । नचाहादा नचाहादै पनि तिमी बाट टाढा हुनु पर्यो आफ्नो मनलाइ समाल्ह है ।

(२)- हजुर पनि कति भावुक हुनु भको यसरी आफुलाई चिन्तित बनाएर पनि हुन्छ त हजुर । म केवल हजुर कि नै  हुँ  मत चाहान्छु कि हजारौँ बर्ष सम्म पनि हजुर्की नै भएर जन्मीन पाउँ मनलाइ सानो नबनाउनु न हजुर फेरि म रोइदिन्छु नि  ! आफ्नो ख्याल गर्नु होला हजुरले अर्काको देसमा , मत यहाँ आमा बुवा सङ्ग हुन्छु । मेरो रेख देख त भैहाल्छनी  ! मलाइ त सधै हजुर को नै चिन्ता लागिरहने छ तर पनि मनलाइ ठूलो बनाएर हजुर आउने बाटो हेरि बसिरहने छु । भन्छन केटि मान्छेको लागि सबै भन्दा ठूलो रक्षक सिन्दुर होरे हो म त्यही सिन्दुर पहिरिने छु । भलै हजुरको हातको सिन्दुर किन नहोस तर हजुर कै नाम को सिन्दुर पहिरिने छु । मलाइ गलत नजरले हेर्ने आँखाहरुले पनि मेरो सिन्दुरलाई देखेर भाउजू र दिदी भनुँन । मेरो मुटु मसंग भए पनि धड्कन हजुर संग हुनेछ । आफ्नो राम्रो ख्याल गर्नु होला है हजुर ...?
.............बिराज .......

No comments:

Post a Comment

ठूलो सोच अफिसेली भनाइ

भाई, सिंढीमा नबस्नु हजार मानिसहरुले टेकेर गएका छन् यहाँ त नि, जुत्ताहरुको मैलो हुनछ   ! बाबु, यस्तो भुइंमा पनि नबस कपडा बिग्रेला फेर...

https://preamkatha.blogspot.com/