Friday, 31 March 2017

मेरो मनको कुरा

आज धेरै दिन पछी फेरी केहि लेख्न मन लागेको छ
। हुन त सधै पनि लेख्न र मनको कुरा बाढ्न मन
नलागेको त कहाँ हो र ? तर यो व्यस्त समयलाई
मिलाउन खोज्दा खोज्दै पनि मेरि मायालु संग
संग टाढिन पुगे जस्तो भो । के गर्नु बाच्नै पर्यो
बाच्नको लागि काम गर्ने पर्यो काम नगरी
यो अर्काको देशमा कसले पाल्छ र ?
फेरी हात खुट्टा सग्लै हुदा हुदै परजीवी हुन पनि
त भएन हैन र ? त्यहि बाच्ने र बचाउने नामको
भुमरी र गन्जागोल भित्र हराउदा यो आज यो फेसबुकको
दुनियाबाट सम्झे जस्तै भैयो । भनौ न एक
प्रकारले स्वार्थी नै भइयो । के गर्नु हजुर
स्वार्थी नभई पनि त यो दुनियामा बाच्न र
आफ्नो अस्तित्व बचाउन गार्हो हुने रहेछ । तर
मैले स्वार्थी हुने नाममा मै खाऊ मै लाउ भन्ने
भावना कदापी लिएको छैन र त्यो भावना
जो कोहिले पनि लिनु हुदैन भन्ने मेरो व्यक्तिगत
धारणा रहेको छ । यो बिचमा धेरै कुरा लेख्न
खोजियो तर सकिएन मनको कलम आफै किन रोकिन्छ थाहा छैन ।
संगै बसेर मायाका कुरा गर्ने जिन्दगिका कुरा
गर्नु र धेरै कुरा चाहेर पनि गर्न नसक्दा मन खिन्न
हुन्छ । तर हरेस खाएको छैन प्रयासरत छु सकेसम्म  म सधै यसरी नै माया गरिरहने छु  । र तत्पर
हुन खोजिरहेको छु, आशा र विश्वास छ तिमिले मलाइ साथ दिनेछेउ । तिम्रो जीवन मा तिमिलाइ छुने हक बनी त्यो दिन आउने छु जुन दिन तिम्रो सिउदो मेरो हातले रंगिने छ । भन्छन छोरी मान्छेको जात त सिसा जस्तै होरे फेरि म त्यो सिसा लाई कसरी तोड्न सक्छु । अह मलाइ यो सब सुहाउदैन , तेति कठोर पनि छन मन मेरो तिमी संग धेरै बोल्छु के के भन्छु सरि है बुडि , अहहह बुडि नै मेरि जानू । तिम्रो आँखामा हेरेर तिमिलाइ पहिचान्न सक्छु भन्दिन म बस मैले कति माया गर्न सक्छु त्यो अबस्य भन्न सक्छु । फुलेर फुल झर्छ थाहा छ , तिमी त्यो फुल हौ मेरो मनको बगैंचा  मै फुलेकी । थाहा छैन खै मलजल के कस्तो गरिरहेको छु, लाग्छ मलाइ मैले खुशी दिन सकेको छैन । फर्किए आउदैन जीवन र जोवान पनि कसैलाइ आफ्नो शरीर न सुम्पिनु माया नै किन नगरोस । म हरेक दिन  तिमिलाइ बु बु किन भन्थे थाहा छ कि अरुले जस्तै तिमी पनि .... नै यो हुन सक्दैन ? बस तिमी पास भयौ , मत पहिले देखि नै फेल छु किनकि घरमा एउटि छे ।  तिम्रो दुखलाइ बुझेको छु महसुश गरेको छु कि तिमी पनि एक केटि मान्छे हौ र तिम्रो पनि मनको चाहाना छन कि मेरो श्रीमान ले मलाइ धेरै माया र ममता देउस र छुट्टै सपना होलान छोरालाई स्कुल छोडेने बाबू भनु बोलाउन निदाउन खोज्दा अब मेरो बाबू नुनु गर्छ है । अनि हास्दा उसङ्गै हास्ने । प्रदेशमा रहेको श्रीमान लाई फोन लगाएर ए हजुर छोराले बाबा भन्न थाल्यो अब हजुर छिट्टै घर फर्किनुस है ? कहिले आँश्रु धारा बगाउदै त कहिले हर्ष खुशी मा रमाउदै । सानो सानो कुरा हरु सेयर गरि मन हल्का बनाउने चाहानाहरु त्यो मन कति गुम्सेर बसेका होलान । हजुर आउने बाटो हेरिरहेकी छु ! दिनहरु पनि महिना लाग्न थाली सक्यो मलाइ हजुर आउने प्रतीक्षा गरि यो मनले 33 कोटि देबिदेउता लाई भाकिसकेकी छु छिटै आउनुस है हजुर  (बुडा)
सीता यो एक नारिको कथा हो  के म शरिरले नभए पनि मन ले नारी हुन सक्दिन र  ? हो तेहि नारी जस्ले मलाइ माया गरिरहेकी छ  - सीता LM ....।
आज धेरै बोले किन बोले थाहा छैन कतै गल्ती पनि भयो होला । तिमी कस्ति छौ त्यो त थाहा छैन भन्छन नारिको चरित्र स्वागतको दिन मात्र थाहा हुन्छ अरे सीता म सुत्छु है ?  तिमिलाइ माया गर्ने मान्छ बि एस qatar

ठूलो सोच अफिसेली भनाइ

भाई, सिंढीमा नबस्नु हजार मानिसहरुले टेकेर गएका छन् यहाँ त नि, जुत्ताहरुको मैलो हुनछ   ! बाबु, यस्तो भुइंमा पनि नबस कपडा बिग्रेला फेर...

https://preamkatha.blogspot.com/