Friday, 16 December 2016

वास्तविक कथा

सानै देखि दुख संग संघर्ष गर्दै पढे लेखे ।रोल्पा जिल्ला तालाबाङ्ग गाबिस ओडा  नं १ मा जन्म लिएर हुर्केको को  मान्छे म ।यहि हो मेरो कथा यहाँ सम्म आइपुग्दा को । घर्मा आमा,बुवा, दिदी, दाइ म अनि भाइ जम्मा ६ जनाको परिवार भएको मेरो घर दुखी परिवार त खासै हैन तर पनि दुख नै थियो । बुवा सधैं इन्डिया बस्नु हुने , आमा घरको काम गर्ने अनि सानो भाइ सानो भाको कारन घरमै भस्थ्यो । दिदि,दाइ,र म स्कुल जाने अनि आएर घरको काम गर्ने गर्थिउँ। दि ले सधै गाली गर्नु  काम नगरे तै भएर दि को डरले पनि घरको काम गर्नु पर्थ्यो । दाइ अलि ठूलो भको   कारन केही काम नगर्ने सबै हामी दुइभाइ लाई गर्न लगाउनु हुन्थ्यो । पछि आएर दाइ पनि इन्डिया तिर नै बस्ने गर्न थाल्नु भयो ! दि को पनि बिहे भयो । यसै गरि रोल्पाको बसाइ पनि यति सम्मको रहेछ । त्यस पछि को बसाइ हाम्रो दाङ्ग डिकपुर ९ मछाही मा हुन थाल्यो । बुवा बिदेशमा बस्नु हुन्थ्यो यहि न हो नेपालिको गरिबी पन सबै काँहा घरमा बस्न पाउदो रहेछन र । दाइ पनि दुबैमा नै बस्ने गर्नु हुन्थ्यो , जब हामी दाङको बसाइमा तरखर थिइउँ । सानो भाइ र मेरो पढाइको सिलसिला जारिनै थियो ! भाइ कक्षा ९ मा पढदै थियो भने म कक्षा १० मा । पढाइ पूरा भए पछि मात्र तेहाबाट दाङ्ग आउने हामी दुई भाइको सल्लाह भयो । आमाहरु दाङ बस्न थाल्नु भयो हामी दुई भाइ चाहिँ रोल्पा मै बसिउँ । त्यस पछि मेरो पनि SLC पूरा भयो र भाइको पनि ९ पूरा भयो । घर मा एक्लै बस्न गाह्रो भएको हुनाले हामी पनि दाङ्ग नै झरिम र उतै पढन सुरु गरियो । 11-22 सम्म पढिसके पछि म मोबाइल बनाउने तालिम लिन घोराही गए र उतै बस्न थाले ! मोबाइल संग-संगै कम्प्युटर पनि सिक्ने गर्थे सानै देखिको चाहाना थियो मेरो इलेक्ट्रीकल बन्ने त्यो चाहाना पनि पूरा गरे । मैले सोचे अब बसेर हुदैन ?
मैले केही गर्नु पर्छ ! अनि दाइ संग कुरा गरेर रोल्पा मै मोबाइल पसल गर्ने निधो गरे र मेरो चाहाना पनि पूरा भयो । samthing (१) साल भएको थियो पसल गरेको बिहेको माग आयो । कसरी आयो अचम्मित भए साथी भनेर कहिले काहीँ फोन गर्थे जोकमा  love u पनि भन्थे । उनलाइ लागेछ कि मलाइ माया गर्छ भनेर   ।उनले मलाइ एक्कासि बिहेको प्रस्ताव राखिन मसंग नै बिहे गर्ने रे अरु संग बिहे नगर्ने रे मलाइ यस्तो दबाब पनि आयो । मुटुमा ढुङ्गा राखेर भए पनि उनको बचनलाई स्विकार गरे । अन्तमा त घरमा नभनेरै उअन्लाइ भगाइयो र घर लगे ।केही दिन पछि बिहे पनि गरियो टीका टालो भिट्र बाहिर सबै गरेर म पुणह पसल तिर नै लागे । यसरि लगभग २ दुई साल सम्म मैले पसल चलाएँ  मोबाईल पसल गर्दा म दि को घरमै बस्थे । दि को घर नजिकै भएको हुनाले    पसल र दि लाई पनि केही भाइको सहयोग हुन्छ कि भनेर । तर घर टाढा भएको हुनाले त्यो ठाउँ अनि त्यो गाउँ छोड्न बाध्य भए र पसल पनि । त्यस पछि म दाङ्ग घरमै बस्न थाले , नेपालिको जात न हो पैसाले कहिले पुग्थ्यो र मान्छेको जातलाई ! अन्तमा त आखिर मुग्लानी बन्नु नै पर्ने भयो । काठमाडौं आएर पासपोर्ट पनि बनाएँ भिजा पनि लगाएँ । केही महिनाको अन्तराल पछि भिजा पनि आयो । झन्डै तिहार भेटाइयो सबै संग तहारको टीका पनि लगाइयो बस सबै भन्दा ठूलो कुरो, दि को हातको टीका छुटेको थियो । लगाउन पाइएन मनमा पिर परेकै थियो  तर पनि मनलाई बुझाउनै पर्ने । घरबाट आश्रु धारा छुटाउदै बिदेशको बाटो तताएँ । सबैको मनहरु उत्तिकै कोमल भएका थिए ! आशीर्वाद उत्तिकै दिदै थिए , जीवन संगिनी रुदै थिइन आफ्नो ख्याल गर्नु है छिटै फर्की आउनु होला म हजुरको बाटो कुरि बस्ने छु । उन्को सिरले मेरो पाउ छुदैँ एक हातले आँसु र एक हातले मेरो हात समाउँदै  थिइन मेरै हातले उन्को हातलाइ छुटाउदै सपनाको दुनियाँ कतार मा आइयो । दुख सुख जे-जस्तो भए पनि घाम पानी नभनी आफ्नै सरिरको पसिना नुहाउँदै दिनहरुलाई बिस्तारै कटाउँदै आएँ । दुई साल पूरा भएर २५ (25) महिना हुदैँछ आज मैले यो पत्र कालो मसिले सेतो पेपर लाई रंगाउदा सम्म । हो आज म कतार मै छु , कतारबाट लेखेको यो मेरो कथा नभनी दिनु दुख पाएछ किनकी मेरि आमाको मन रोएको म सहन गर्न सक्दिन । आज म बिशेश त पेपरको सहयो लिएको छैन ! ईन्टरनेटलाई केही प्राथिमिक्ता दिएको छु । मेरो यो कथालाई सुरु देखि अन्त् सम्म पढिदिनु भयो , यो सब्दको रुखबाट केही फल हजुरहरु माझ पेस गर्दै जिन्दगिको मीठो सपना संगै धन्यवाद पनि टक्र्याउन चाहे हवस्त हामी फेरि भेट हुने छौँ ।

                 ........... नमस्कार !!!!! 

biraj dc

No comments:

Post a Comment

ठूलो सोच अफिसेली भनाइ

भाई, सिंढीमा नबस्नु हजार मानिसहरुले टेकेर गएका छन् यहाँ त नि, जुत्ताहरुको मैलो हुनछ   ! बाबु, यस्तो भुइंमा पनि नबस कपडा बिग्रेला फेर...

https://preamkatha.blogspot.com/