सानै देखि दुख संग संघर्ष गर्दै पढे लेखे ।
रोल्पा जिल्ला तालाबाङ्ग गाबिस
ओडा नं १ मा जन्म लिएर हुर्केको को
मान्छे म ।यहि हो मेरो कथा यहाँ सम्म
आइपुग्दा को । घर्मा आमा,बुवा, दिदी,
दाइ म अनि भाइ जम्मा ६ जनाको
परिवार भएको मेरो घर दुखी परिवार त
खासै हैन तर पनि दुख नै थियो । बुवा सधैं
इन्डिया बस्नु हुने , आमा घरको काम गर्ने
अनि सानो भाइ सानो भाको कारन
घरमै भस्थ्यो । दिदि,दाइ,र म स्कुल जाने
अनि आएर घरको काम गर्ने गर्थिउँ। दि ले
सधै गाली गर्नु काम नगरे तै भएर दि को
डरले पनि घरको काम गर्नु पर्थ्यो । दाइ
अलि ठूलो भको कारन केही काम नगर्ने
सबै हामी दुइभाइ लाई गर्न लगाउनु
हुन्थ्यो । पछि आएर दाइ पनि इन्डिया
तिर नै बस्ने गर्न थाल्नु भयो ! दि को
पनि बिहे भयो । यसै गरि रोल्पाको
बसाइ पनि यति सम्मको रहेछ । त्यस पछि
को बसाइ हाम्रो दाङ्ग डिकपुर ९
मछाही मा हुन थाल्यो । बुवा बिदेशमा
बस्नु हुन्थ्यो यहि न हो नेपालिको
गरिबी पन सबै काँहा घरमा बस्न पाउदो
रहेछन र । दाइ पनि दुबैमा नै बस्ने गर्नु
हुन्थ्यो , जब हामी दाङको बसाइमा
तरखर थिइउँ । सानो भाइ र मेरो
पढाइको सिलसिला जारिनै थियो !
भाइ कक्षा ९ मा पढदै थियो भने म
कक्षा १० मा । पढाइ पूरा भए पछि मात्र
तेहाबाट दाङ्ग आउने हामी दुई भाइको
सल्लाह भयो । आमाहरु दाङ बस्न थाल्नु
भयो हामी दुई भाइ चाहिँ रोल्पा मै
बसिउँ । त्यस पछि मेरो पनि SLC पूरा
भयो र भाइको पनि ९ पूरा भयो । घर मा
एक्लै बस्न गाह्रो भएको हुनाले हामी
पनि दाङ्ग नै झरिम र उतै पढन सुरु गरियो
। 11-22 सम्म पढिसके पछि म मोबाइल
बनाउने तालिम लिन घोराही गए र उतै
बस्न थाले ! मोबाइल संग-संगै कम्प्युटर पनि
सिक्ने गर्थे सानै देखिको चाहाना
थियो मेरो इलेक्ट्रीकल बन्ने त्यो
चाहाना पनि पूरा गरे । मैले सोचे अब बसेर
हुदैन ?
मैले केही गर्नु पर्छ ! अनि दाइ संग कुरा गरेर
रोल्पा मै मोबाइल पसल गर्ने निधो गरे र
मेरो चाहाना पनि पूरा भयो । samthing
(१) साल भएको थियो पसल गरेको
बिहेको माग आयो । कसरी आयो
अचम्मित भए साथी भनेर कहिले काहीँ
फोन गर्थे जोकमा love u पनि भन्थे ।
उनलाइ लागेछ कि मलाइ माया गर्छ
भनेर ।उनले मलाइ एक्कासि बिहेको
प्रस्ताव राखिन मसंग नै बिहे गर्ने रे अरु संग
बिहे नगर्ने रे मलाइ यस्तो दबाब पनि
आयो । मुटुमा ढुङ्गा राखेर भए पनि उनको
बचनलाई स्विकार गरे । अन्तमा त घरमा
नभनेरै उअन्लाइ भगाइयो र घर लगे ।केही
दिन पछि बिहे पनि गरियो टीका
टालो भिट्र बाहिर सबै गरेर म पुणह पसल
तिर नै लागे । यसरि लगभग २ दुई साल सम्म
मैले पसल चलाएँ मोबाईल पसल गर्दा म दि
को घरमै बस्थे । दि को घर नजिकै भएको
हुनाले पसल र दि लाई पनि केही
भाइको सहयोग हुन्छ कि भनेर । तर घर
टाढा भएको हुनाले त्यो ठाउँ अनि त्यो
गाउँ छोड्न बाध्य भए र पसल पनि । त्यस
पछि म दाङ्ग घरमै बस्न थाले , नेपालिको
जात न हो पैसाले कहिले पुग्थ्यो र
मान्छेको जातलाई ! अन्तमा त आखिर
मुग्लानी बन्नु नै पर्ने भयो । काठमाडौं
आएर पासपोर्ट पनि बनाएँ भिजा पनि
लगाएँ । केही महिनाको अन्तराल पछि
भिजा पनि आयो । झन्डै तिहार
भेटाइयो सबै संग तहारको टीका पनि
लगाइयो बस सबै भन्दा ठूलो कुरो, दि
को हातको टीका छुटेको थियो ।
लगाउन पाइएन मनमा पिर परेकै थियो तर
पनि मनलाई बुझाउनै पर्ने । घरबाट आश्रु
धारा छुटाउदै बिदेशको बाटो तताएँ ।
सबैको मनहरु उत्तिकै कोमल भएका थिए !
आशीर्वाद उत्तिकै दिदै थिए , जीवन
संगिनी रुदै थिइन आफ्नो ख्याल गर्नु है
छिटै फर्की आउनु होला म हजुरको बाटो
कुरि बस्ने छु । उन्को सिरले मेरो पाउ छुदैँ
एक हातले आँसु र एक हातले मेरो हात
समाउँदै थिइन मेरै हातले उन्को हातलाइ
छुटाउदै सपनाको दुनियाँ कतार मा
आइयो । दुख सुख जे-जस्तो भए पनि घाम
पानी नभनी आफ्नै सरिरको पसिना
नुहाउँदै दिनहरुलाई बिस्तारै कटाउँदै आएँ ।
दुई साल पूरा भएर २५ (25) महिना हुदैँछ आज
मैले यो पत्र कालो मसिले सेतो पेपर लाई
रंगाउदा सम्म । हो आज म कतार मै छु ,
कतारबाट लेखेको यो मेरो कथा नभनी
दिनु दुख पाएछ किनकी मेरि आमाको मन
रोएको म सहन गर्न सक्दिन । आज म बिशेश
त पेपरको सहयो लिएको छैन ! ईन्टरनेटलाई
केही प्राथिमिक्ता दिएको छु । मेरो
यो कथालाई सुरु देखि अन्त् सम्म पढिदिनु
भयो , यो सब्दको रुखबाट केही फल हजुरहरु
माझ पेस गर्दै जिन्दगिको मीठो सपना
संगै धन्यवाद पनि टक्र्याउन चाहे हवस्त
हामी फेरि भेट हुने छौँ ।
........... नमस्कार !!!!!
biraj dc
Friday, 16 December 2016
कथा जिन्दगिको
Subscribe to:
Post Comments (Atom)
ठूलो सोच अफिसेली भनाइ
भाई, सिंढीमा नबस्नु हजार मानिसहरुले टेकेर गएका छन् यहाँ त नि, जुत्ताहरुको मैलो हुनछ ! बाबु, यस्तो भुइंमा पनि नबस कपडा बिग्रेला फेर...
https://preamkatha.blogspot.com/
-
biraj dc प्रेम गर्नु एउटा ठुलो मुर्ख्तापन हो जिन्दगि मा जे पनि गर्नु तर प्रेम कैले न गर्नु किन भने प्रेम ले षड्है चोट र पिर दिन्छ जब उ टाढा ...
-
आज धेरै दिन पछी फेरी केहि लेख्न मन लागेको छ । हुन त सधै पनि लेख्न र मनको कुरा बाढ्न मन नलागेको त कहाँ हो र ? तर यो व्यस्त समयलाई मिलाउन ...
-
जो जो व्यक्ति संघर्ष गरेर बँच्न सक्षम हुन्छन्, तिनीहरू नै सबैभन्दा योग्य हुन्छन् ।
No comments:
Post a Comment