>कलिलो उमेरमै जोस धेरै भाको विद्यार्थी जीवन जतिखेर मलाइ माया भन्ने थाहा थिएन त्यो दिन देखिको मेरो प्रेम कथा । उ जमना बेग्लै थियो, तेति खेर म कक्षा १० को SLC परिक्षामा पुरक लागेर लिबाङ्ग कोचिङ्ग पढेर पुरक परिक्षा दिने तयारिमा लिबाङ् गएको थिए । होटेलमा बस्नु पर्नि एउटा रूममा ४-५ ज्ना साथिहरु मिलेर बस्नु पर्ने थियो ।साथिहरु अति रमाइला थिए ।जुवा तास जाड रक्सी सबै सेवन गर्दथे । ती सबैले मलाइ पनि खाउ भनेर अति कर गर्थे तर म सानै देखि कुलतमा नफसेर होला त्यो मलाइ मन पर्दैन थियो । बरु नखाए पनि उनिहरु संगै रमाइलो गरिन्थ्यो ! बिहानको समय कोचिङ्ग को थियो !दिनभरी रुममा बसेर पढेर लेखेर रमाइलो तिर लागिन्थ्यो । यसै गरि एक महिना बितेको थाहा नै भएन । पुरको परीक्षा दिने समय पनि नजिक आइसकेको थियो पुरक परीक्षा पनि दिइयो । अन्त मा सबै साथी हरु छुट्टिनु नि पर्ने भयो र एक अर्का संग बिदाबारी लिदै मोबाइल नम्बर पनि साटा साट गरियो । घरमा गएर सबै साथीहरु संग् कुराकानि पनि हुन थाल्यो कहिले काहीँ त भेट पनि । विशेष त एउटा साथी संग धेरै कुरा हुन्थ्यो र साइनो पनि जेठान ज्वाइँ को थियो । रमाइलो गर्दा गर्दै राखेको साइनो अति रमाइलो पनि जेठान ज्वाइँ तर पनि त भनेर सम्मान ! विशेष कामक्क दौरान म एक हप्ता पछि साथिलाइ फोन गरे र फोनमा केटिको आवाज आइरहेको थियो । मैले सोधे सुन्नु त जेठान को मोबाईल होनि योत जेठान काहा जानू भयो खै जेठानलाइ दिनु त फोन ? मैले यसरी भने ! जवाफ यस्तो थियो , म जेठानको बैनी ! फेरि मैले भने Sorry माफ पाउँ ! फेरि जवाफ आयो , के म संग् कुरा गर्नु हुदैन र दाइ त इन्डिया जानू भको छ अब केही महिना पछि आउनु हुन्छ होला यस्तै भन्दै थिइन । अनि त्यो दिनको कुराकानी तेहि समाप्त गरियो । र मलाइ बारम्बार फोन हान्दै जिस्काउन पनि थालिन , but मिस्कल ! मैले यतै बाट कलब्याक गरे र भने किन मलाइ सताएको ? उनले भनिन Sorry अब गर्दिन । केही दिन पछि नया नम्बर बाट मिस्कल आयि र मैके कलब्याक गरे । हजुर का पर्यो मेरो मा मिस्कल आइरहेको थियो केही काम थियो कि ? उत्तरमा यस्तो भन्दै थिइन हजुर नमस्कार म तेहि जेठानको बैनि हु याद आयो अनि सम्झेको दाइको तर्फबाट ( कुरा बनाउन निकै सिपालु थिइन ) र मैले भने याद दाइ संग हुन्छ बैनी संग हुदैन अब त मन बुझ्यो होलानी हैन ? अलि निराश हिदै भनिन ok बुझे सबै । बानी उस्तै थियो फोन आइरगन्थ्यो बखत बखत मा पछि पछि त जिस्किन पनि थालिन केहो जेठानको बैनी नलाने हो भन्दै । दिनहरु बित्दै थिय फोन आवत जावत भैरहन्थ्यो । यस्तै गरि दिन महिना पो बित्न थालेछ । पछि यस्तो लाग्न थाल्यो कि फोन नगरी एक छिन पनि बस्न गारो भए जस्तो के हाराए के बिराए जस्तो । त्यो आवाज यो कान मा गुन्जिरहदा अरु बोलेको पनि नसुन्दा साच्ची छोरो प्रेमको जालमा परि सकेको थियो । उन्को पनि हालत तेस्तै भएको बताइन । बिहे गर्ने निधो सम्म पनि गरियो लुजा । उनी मलाइ भेट्न आइन म उन्लाइ भेट्न गए । पहिलो पल्ट देखेर होला अति सुन्दर थिइन । त्यो झिसमिसे रात परेको थियो । करिब एक घन्टा सम्म मिठो कुरा कानी गरियो । कुराकानि प्रस्चात मैले उनिलाइ भागेर बिहे गर्ने बताए , र उनले घर्को एक्लि छोरी भएको कारन इन्कार गरिन । मैले उन्को हात समातेको थिए ! त्यो हात छुटाउँदै म जान्छु है रात पर्यो भनेर गइन । म पनि तेहा बाट फर्किए , अलि रिसाए जस्तै थिइन घरमा आएर फोन गरे तर उनले फोन उठाइनन । मलाई त्यो दिन नत भोक लाग्यो नत प्यास । त्यो रात बिताउन गारो भएको थियो मलाई , कती खेर उज्यालो हुन्छ भन्ने पर्खाइमा बसे । बिहानै उठेर मैले उनलाइ फोन लगाए , फोन पनि उठाइन र मैले नरमस हुँदै भने हिजोको लागि सरि मैले तिम्रो बाध्यतालाई बुझ्न सकिन sorry माफ गरिदेउ है मलाइ ? हैन हजुरले भनेको ठिकै हो म एक्लि छोरी भएर मात्रै मलाइ अलि नरमाइलो लागेको हो । मेरो बा आमा को पनि त रहर होलानी हैन र हजुर छोरी राम्रो केटो खोजेर बिहे गर्दिने तेसैले मैले हजुर को कुरालाइ इन्कार गरे माफ गरिदिनुस है मलाइ । तेस पछि माघी बिहे गर्ने हाम्रो निर्णय भयो । एक दिन उन्ले भनी ( ए हजुर केही दिनको लागि म मामा घर जाँदै छु फोन नगर्नु होला है मलाइ ? ) मैले पनि हुन्छ नि अबु कति दिन सम्म भन न म गर्दिन ? उन्ले तस्तै 7 दिन ( एक हप्ता ) सम्म फोन नगर्ने आग्रह गरिन । फोन नगरी बस्दा मलाइ दिन रात बिताउन गारो भएको थियो । ७ दिन बिताउन पनि ७ साल बिताए झैँ भयो मलाइ । सात दिन पछि फोन गरे फोन रेसिभ गरिन एक्कासि गाली गर्न थालिन को होस त मलाइ फोन गर्ने किन फोन फरेको तेरो मेरो नाता केछर फोन गरेको फोन राख ,,, म यस्तो गाली सुन्दा साच्ची छहरा बाट खसे जस्तै भए , सपनि बाट ब्युझिए जस्तै भए । कति खेर पानी जस्तै मोडिदो रहेछ यो छोरी को जात माया गर्छु बिहे गर्छु भन्ने त ती झुठो आश मात्र देखाउने रहेछन । मायारुपि भए कस्को के लाग्दो रहेछर हजुर रुपै संग घरबार बसाए पछि । आफ्नो भन्नू उनै थिइन आज पराइ भैदिइन । जादा मेरो मनलाइ पनि लिएर गइन त्यो मेरो चोखो मायामा आज खोट भेटियो । प्रेमको भाषा त रुप र पैसा रहेछ । bs dc
Subscribe to:
Post Comments (Atom)
ठूलो सोच अफिसेली भनाइ
भाई, सिंढीमा नबस्नु हजार मानिसहरुले टेकेर गएका छन् यहाँ त नि, जुत्ताहरुको मैलो हुनछ ! बाबु, यस्तो भुइंमा पनि नबस कपडा बिग्रेला फेर...
https://preamkatha.blogspot.com/
-
biraj dc प्रेम गर्नु एउटा ठुलो मुर्ख्तापन हो जिन्दगि मा जे पनि गर्नु तर प्रेम कैले न गर्नु किन भने प्रेम ले षड्है चोट र पिर दिन्छ जब उ टाढा ...
-
आज धेरै दिन पछी फेरी केहि लेख्न मन लागेको छ । हुन त सधै पनि लेख्न र मनको कुरा बाढ्न मन नलागेको त कहाँ हो र ? तर यो व्यस्त समयलाई मिलाउन ...
-
जो जो व्यक्ति संघर्ष गरेर बँच्न सक्षम हुन्छन्, तिनीहरू नै सबैभन्दा योग्य हुन्छन् ।
No comments:
Post a Comment