https://preamkatha.blogspot.com/
Thursday, 27 April 2017
Thursday, 20 April 2017
त्यो भालेको डाकाले

Biraj dc BS
Sunday, 16 April 2017
कुनै दिन आफ्नो पनि पराइ बन्नेछ ।
Saturday, 15 April 2017
मनको बेथा प्रेम कथा
मेरा नयनहरु रुझेकै छन ।
तिमीले आफ्नो पाइला अर्कैको अंगालोमा
परिणत गरेपछी
म....... आफु मरुभूमिमा अनुवाद भएको छु ,
अनी........ आँधीहुरिको बेगले हरियालीलाइ
पत्झडसरी (पात झरे सरि ) बनाए झै
म पनि तिम्रो अभावमा
ओइलिएको पत्झड झै बनेको छु /
जब तिमी .... नै अर्काको अंगालोमा परिरन्थेउ म बिचरा आशुको भेलमा डुब्नु बाहेक केही थियन ।
तर अनर्थ गरे मैले
आफ्नै मनको चुल्होमा फेरी आगो
सल्काउने प्रयास गरेर
त्यसैले त प्रिय............,
म आगोको ज्वाला बनेर सल्की रहेछु
पल.... पल,हर पल /
भूल रहेछ मेरो ,
चोखो माया दिए तिमीलाई
मेरो निरीहतासँग खेलवाड भयो यसरी
त्यसैले त आज.... म,
मुना मदन झै छट्पटिए पागलसरी हिडिरहेको छु ।.............,
सफलतामा पुग्न कसरी सम्भव रहेछ र हाम्रो प्रेमको ?
जब कि ...... तिम्रो पाइला सुखको
दोबाटोमा
हिंड्न खोजेपछी ?
सपना कसरी साकार हुने रहेछ र ?
जब .... तिमीले इन्द्रेणी सपना अङालेपछी /
म काडा माथि हिंडे पनि
तिम्रा पाइलाहरु सुकोमल मखमलीमा
हिडिरहुन
म पत्झडको बिरानीमा हराए पनि
तिमी बसन्तको सुगन्धमा रमी रहनु उहीँ तिम्रो हुन नसकेको तिमिलाइ माया गर्ने biraj dc( bs)
प्रदेशिको पिडा
कन्दराबाट प्रकट भईदिदा यो
निर्जिव रुपी कलमको माध्यमबाट
अर्थ पुर्ण जिन्दगीको भावपुर्ण
परिकल्पनामा कुशलताको कामना
गर्दै उज्जवल भविष्यको मिठो सपना
बुन्दै लामो जिवनको छोटो
यात्रामा मायालुको यादमा
प्रदेशी जिवन विताउने चेस्टा
गरिरहेको छु । Bs
Saturday, 1 April 2017
अधुरो जिबन
>कलिलो उमेरमै जोस धेरै भाको विद्यार्थी जीवन जतिखेर मलाइ माया भन्ने थाहा थिएन त्यो दिन देखिको मेरो प्रेम कथा । उ जमना बेग्लै थियो, तेति खेर म कक्षा १० को SLC परिक्षामा पुरक लागेर लिबाङ्ग कोचिङ्ग पढेर पुरक परिक्षा दिने तयारिमा लिबाङ् गएको थिए । होटेलमा बस्नु पर्नि एउटा रूममा ४-५ ज्ना साथिहरु मिलेर बस्नु पर्ने थियो ।साथिहरु अति रमाइला थिए ।जुवा तास जाड रक्सी सबै सेवन गर्दथे । ती सबैले मलाइ पनि खाउ भनेर अति कर गर्थे तर म सानै देखि कुलतमा नफसेर होला त्यो मलाइ मन पर्दैन थियो । बरु नखाए पनि उनिहरु संगै रमाइलो गरिन्थ्यो ! बिहानको समय कोचिङ्ग को थियो !दिनभरी रुममा बसेर पढेर लेखेर रमाइलो तिर लागिन्थ्यो । यसै गरि एक महिना बितेको थाहा नै भएन । पुरको परीक्षा दिने समय पनि नजिक आइसकेको थियो पुरक परीक्षा पनि दिइयो । अन्त मा सबै साथी हरु छुट्टिनु नि पर्ने भयो र एक अर्का संग बिदाबारी लिदै मोबाइल नम्बर पनि साटा साट गरियो । घरमा गएर सबै साथीहरु संग् कुराकानि पनि हुन थाल्यो कहिले काहीँ त भेट पनि । विशेष त एउटा साथी संग धेरै कुरा हुन्थ्यो र साइनो पनि जेठान ज्वाइँ को थियो । रमाइलो गर्दा गर्दै राखेको साइनो अति रमाइलो पनि जेठान ज्वाइँ तर पनि त भनेर सम्मान ! विशेष कामक्क दौरान म एक हप्ता पछि साथिलाइ फोन गरे र फोनमा केटिको आवाज आइरहेको थियो । मैले सोधे सुन्नु त जेठान को मोबाईल होनि योत जेठान काहा जानू भयो खै जेठानलाइ दिनु त फोन ? मैले यसरी भने ! जवाफ यस्तो थियो , म जेठानको बैनी ! फेरि मैले भने Sorry माफ पाउँ ! फेरि जवाफ आयो , के म संग् कुरा गर्नु हुदैन र दाइ त इन्डिया जानू भको छ अब केही महिना पछि आउनु हुन्छ होला यस्तै भन्दै थिइन । अनि त्यो दिनको कुराकानी तेहि समाप्त गरियो । र मलाइ बारम्बार फोन हान्दै जिस्काउन पनि थालिन , but मिस्कल ! मैले यतै बाट कलब्याक गरे र भने किन मलाइ सताएको ? उनले भनिन Sorry अब गर्दिन । केही दिन पछि नया नम्बर बाट मिस्कल आयि र मैके कलब्याक गरे । हजुर का पर्यो मेरो मा मिस्कल आइरहेको थियो केही काम थियो कि ? उत्तरमा यस्तो भन्दै थिइन हजुर नमस्कार म तेहि जेठानको बैनि हु याद आयो अनि सम्झेको दाइको तर्फबाट ( कुरा बनाउन निकै सिपालु थिइन ) र मैले भने याद दाइ संग हुन्छ बैनी संग हुदैन अब त मन बुझ्यो होलानी हैन ? अलि निराश हिदै भनिन ok बुझे सबै । बानी उस्तै थियो फोन आइरगन्थ्यो बखत बखत मा पछि पछि त जिस्किन पनि थालिन केहो जेठानको बैनी नलाने हो भन्दै । दिनहरु बित्दै थिय फोन आवत जावत भैरहन्थ्यो । यस्तै गरि दिन महिना पो बित्न थालेछ । पछि यस्तो लाग्न थाल्यो कि फोन नगरी एक छिन पनि बस्न गारो भए जस्तो के हाराए के बिराए जस्तो । त्यो आवाज यो कान मा गुन्जिरहदा अरु बोलेको पनि नसुन्दा साच्ची छोरो प्रेमको जालमा परि सकेको थियो । उन्को पनि हालत तेस्तै भएको बताइन । बिहे गर्ने निधो सम्म पनि गरियो लुजा । उनी मलाइ भेट्न आइन म उन्लाइ भेट्न गए । पहिलो पल्ट देखेर होला अति सुन्दर थिइन । त्यो झिसमिसे रात परेको थियो । करिब एक घन्टा सम्म मिठो कुरा कानी गरियो । कुराकानि प्रस्चात मैले उनिलाइ भागेर बिहे गर्ने बताए , र उनले घर्को एक्लि छोरी भएको कारन इन्कार गरिन । मैले उन्को हात समातेको थिए ! त्यो हात छुटाउँदै म जान्छु है रात पर्यो भनेर गइन । म पनि तेहा बाट फर्किए , अलि रिसाए जस्तै थिइन घरमा आएर फोन गरे तर उनले फोन उठाइनन । मलाई त्यो दिन नत भोक लाग्यो नत प्यास । त्यो रात बिताउन गारो भएको थियो मलाई , कती खेर उज्यालो हुन्छ भन्ने पर्खाइमा बसे । बिहानै उठेर मैले उनलाइ फोन लगाए , फोन पनि उठाइन र मैले नरमस हुँदै भने हिजोको लागि सरि मैले तिम्रो बाध्यतालाई बुझ्न सकिन sorry माफ गरिदेउ है मलाइ ? हैन हजुरले भनेको ठिकै हो म एक्लि छोरी भएर मात्रै मलाइ अलि नरमाइलो लागेको हो । मेरो बा आमा को पनि त रहर होलानी हैन र हजुर छोरी राम्रो केटो खोजेर बिहे गर्दिने तेसैले मैले हजुर को कुरालाइ इन्कार गरे माफ गरिदिनुस है मलाइ । तेस पछि माघी बिहे गर्ने हाम्रो निर्णय भयो । एक दिन उन्ले भनी ( ए हजुर केही दिनको लागि म मामा घर जाँदै छु फोन नगर्नु होला है मलाइ ? ) मैले पनि हुन्छ नि अबु कति दिन सम्म भन न म गर्दिन ? उन्ले तस्तै 7 दिन ( एक हप्ता ) सम्म फोन नगर्ने आग्रह गरिन । फोन नगरी बस्दा मलाइ दिन रात बिताउन गारो भएको थियो । ७ दिन बिताउन पनि ७ साल बिताए झैँ भयो मलाइ । सात दिन पछि फोन गरे फोन रेसिभ गरिन एक्कासि गाली गर्न थालिन को होस त मलाइ फोन गर्ने किन फोन फरेको तेरो मेरो नाता केछर फोन गरेको फोन राख ,,, म यस्तो गाली सुन्दा साच्ची छहरा बाट खसे जस्तै भए , सपनि बाट ब्युझिए जस्तै भए । कति खेर पानी जस्तै मोडिदो रहेछ यो छोरी को जात माया गर्छु बिहे गर्छु भन्ने त ती झुठो आश मात्र देखाउने रहेछन । मायारुपि भए कस्को के लाग्दो रहेछर हजुर रुपै संग घरबार बसाए पछि । आफ्नो भन्नू उनै थिइन आज पराइ भैदिइन । जादा मेरो मनलाइ पनि लिएर गइन त्यो मेरो चोखो मायामा आज खोट भेटियो । प्रेमको भाषा त रुप र पैसा रहेछ । bs dc
ठूलो सोच अफिसेली भनाइ
भाई, सिंढीमा नबस्नु हजार मानिसहरुले टेकेर गएका छन् यहाँ त नि, जुत्ताहरुको मैलो हुनछ ! बाबु, यस्तो भुइंमा पनि नबस कपडा बिग्रेला फेर...
https://preamkatha.blogspot.com/
-
biraj dc प्रेम गर्नु एउटा ठुलो मुर्ख्तापन हो जिन्दगि मा जे पनि गर्नु तर प्रेम कैले न गर्नु किन भने प्रेम ले षड्है चोट र पिर दिन्छ जब उ टाढा ...
-
आज धेरै दिन पछी फेरी केहि लेख्न मन लागेको छ । हुन त सधै पनि लेख्न र मनको कुरा बाढ्न मन नलागेको त कहाँ हो र ? तर यो व्यस्त समयलाई मिलाउन ...
-
जो जो व्यक्ति संघर्ष गरेर बँच्न सक्षम हुन्छन्, तिनीहरू नै सबैभन्दा योग्य हुन्छन् ।